Bindu Pariyar 2काठमाडौ। अमेरिकामा नेपाली पोर्नस्टार भनिएकी विन्दू परियारले श्रीमानविरुद्धको मुद्दामा ७२ करोड जितेकी छन्। अमेरिकाको टेक्सास राज्यस्थित डलास काउन्टी अदालतले बिन्दु परियारको पक्षमा फैसला गरेपछि बिन्दूले ७२ करोड क्षतिपूर्ति पाएकी हुन्।

२७ वर्षीया बिन्दूका ५८ वर्षीय पूर्वपति टम रान्डेल सिवेलले आफूलाई पोर्न बन्न बाध्य बनाएको भन्दै हालेको मुद्धाको फैसला बिन्दूका पक्षमा गर्दै अमेरिकी अदालतले साढे ७२ लाख डलर क्षतिपूर्ति दिने आदेश दिएको हो।

Bindu Pariyar 1

अमेरिकाको स्थानीय एक पत्रिका द डलास मर्निगं न्यूजमा मंगलवार छापिएको समाचार अनुसार स्टेट डिष्ट्रिक्ट जज मार्टिन जे होफम्यानले विन्दुका पूर्वपति टम र्‍यान्डेल सेवेललाई विन्दुलाई यौन फिल्म खेल्न वाध्य वनाएको, यस सम्वन्धि भिडियो र तस्विर वनाई इन्टनेटमा राखेको आरोपमा दोषी ठहर गर्दैै उक्त रकम हर्जनाका रुपमा विन्दुलाई तिर्न फैसला गरेको हो।

प्रकाशन मिति–२०७२ साल पुष ९ गते विहीवार ।