काठमाडौ। प्रत्येक बर्ष इस्वी संवतअनुसारको अंग्रेजी नयाँ बर्ष जनवरी १ तारेखका दिन नेपाल र नेपालीहरु रहेको नेपाल बाहिर ढाका टोपी दिवस मनाउने भएको छ। नेपालीहरुको पहिचान ढाका टोपी भएकाले नेपालीलाई विश्वभर चिनाउन भन्दै केही युवाहरुले तीन वर्षअघि अंग्रेजी नयाँ वर्षका दिन ढाकाटोपी दिवस मनाउने अभियान चलाएका थिए।

dhaka-topi-diwash-1ढाकाटोपी दिवसले राष्ट्रिय मान्यता नपाए पनि तीन वर्षदेखि युवाहरुले अंग्रेजी नयाँ वर्षका दिन ढाका टोपी दिवस मनाउने अभियान चलाएका छन्। डा. लेखनाथ काफ्ले, शंकर बञ्जाडे लगायतका युवाले सामाजित सञ्जालमा पेज बनाएर जनवरी १ तारिखमा नेपाली टोपी लगाउँ भन्ने अभियान चलाएका थिए।

dhaka-topi-diwash-2विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन उनीहरुले आह्वान गरेका छन्। यो अभियानमा विश्वभर रहेका नेपाली युवाहरुले साथ दिँदै आएपछि उक्त अभियान सार्थक बन्दै गएको छ।
ढाका टोपीले नेपालीपनको प्रवद्र्धन हुने भएकाले युवाहरु उत्साहित देखिएका छन्। नेपालमा पछिल्लो समय राष्ट्रियताको मुद्दा पेचिलो बनिरहेकाबेला यस्तो अभियानले सार्थकता पाएको दिवस आयोजकहरुले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल पुस १६ गते शनिवार ।