Donald Trump

काठमाडौ। विश्वका अरबौ अरब जनतालाई थर्कमान गर्दैआएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति अमेरिकामा नै व्यापक असंतुष्टि तथा विरोध भैरहेको छ। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको कुर्सीमा विराजमान भएको महिना दिन पुगिसकेको छ।

यस अवधिमा विश्वलाई नै थर्काउने कार्य गरिरहेका ट्रम्पविरुद्ध चाँडै नै अमेरिकी सिनेटमा महाअभियोग प्रस्ताव (इम्पिचमेन्ट मोशन) आउने भएकोछ । सोही महाअभियोगका कारण ट्रम्प अमेरिकाको इतिहासकै छोटो समयमा महाअभियोग झेल्दै बर्खास्तीमा पर्ने राष्ट्रपति हुने अनुमान गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुर्सीबाट हटाउनका लागि एक महिनामै चलखेल सुरु भएको छ। क्यालिफोर्नियाको रिचमन्ड सिटी काउन्सिले सर्वसम्मतिबाट अमेरिकी संसदसमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनका लागि जाँच थाल्न आग्रह गरिसकेको अमेरिकी समाचार माध्यमहरुले उल्लेख गरेको छ।

क्यालिफोर्नियाबाट सदस्य गेल म्याकलोघलिनले यस प्रस्तावलाई अघि बढाउँदै राष्ट्रपति ट्रम्पको विश्वभर रहेको व्यापारिक सञ्जालबारे उनले अमेरिकी सरकारलाई सूचना दिन इन्कार गरेको आरोप लगाएका छन्। संविधान र कानून अनुसार ट्रम्पविरुद्ध महाअभियोग लगाउने पर्याप्त कारण रहेको जनाउँदै उनले त्यसका लागि जाँच थाल्न संसदलाई अपिल गरेका छन्।

पूर्व राष्ट्रपति बराक ओबामाविरुद्ध महाअभियोगको चर्चा दोस्रो कार्यकाल र ६ वर्षमा सुरु भएको थियो । त्यसभन्दा अघि जर्ज बुसलाई पनि उनको कार्यकालको अन्तिम क्षणमा महाअभियोग लगाउने कोशिस भएको थियो। अमेरिकी संविधान अनुसार यदि चुनाव भएपछि राष्ट्रपतिले मानसिक क्षमता गुमाए, आफ्नो सरकारलाई कुनै हिंसा या दमनमा हालेमा तथा विदेशी शक्तिको विश्वासमा धक्का पुर्‍याएमा कुर्सीबाट हटाउनु अमेरिकाको हितमा हुने उल्लेख छ।

अब अमेरिकी संविधानमा राष्ट्रपतिविरुद्ध महाअभियोगका लागि तोकिएका लगभग सबै शर्तमा डोनाल्ड ट्रम्पमाथि आरोप लगाउन सकिने भएको छ। यी आरोपमा कुनै एक मात्रै सही ठहर भएमा अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोग सुरु हुनेछ।
प्रकाशन मिति–२०७३ साल फागुन १७ गते मंगलवार ।