काठमाडौं। देशभर स्थानीय निर्वाचनको मतदान कार्य भैरहेको छ। विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

यो उत्साह र उमंगमा विगत दुई हप्तादेखि निरन्तर सरकारी मोवाइल प्रदायक संस्था नेपाल टेलिकमको मोवाइल कल ब्यांक रिङटोनको सन्देशमा आवाज दिने आवाजकी धनी सञ्चारकर्मी निशान बुढाथोकी चर्चाको विषय नै बनेकी छन्।

यो स्थानीय निर्वाचनको सन्देश प्रवाह गर्ने आवाजको हिरो अफ द लोकल इलेक्सन (Hero of the Local Election in Voice) नै बन्न सफलता प्राप्त गरेकी छन्।

नेपाल टेलिकमलाई आफ्नो आवाजलाई सेलेक्ट गरेर स्थानीय निर्वाचनको कल ब्यांक रिङटोन बनाइदिएकोमा भिजन संसार डट्कमसंगको कुराकानीमा धन्यवाद तथा आभार व्यक्त गर्ने कार्य सञ्चारकर्मी बुढाथोकीवाट भएको छ।
प्रकाशन मिति–२०७९ साल बैशाख ३० गते शुक्रवार ।