Iraque crime

काठमाडौ। इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिएका छन् । घटनामा थुप्रै घाइते भएका छन्। इराकको राजधानी बग्दादमा रहेको आइसक्रिम पसल बाहिर आत्मघाती बिस्फोट भएको हो।

शिया समुदायको बाहुल्य रहेको स्थानमा भएको बिस्फोटमा मारिनेमा अधिकांश मुश्लिमहरुको महान चाड रमदान मनाइरहेकाहरु परेको वताइएको छ। बिस्फोटबाट केही भवन र सवारीसाधनमा क्षति पुगेको छ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन। यद्दपी पछिल्लो समय इस्लामिक अतिबादी संगठन आईएसले आक्रमणलाई तिब्रता दिएकाले आईएसले नै आक्रमण गरेको इराकी सरकारको दाबी छ।

घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल जेष्ठ १६ गते मंगलवार ।