काठमाडौं। आज मंसिर पूर्णिमा उधौली पर्व अर्थात (चासोक तङ्नाम) विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना धुमधाम साथ मनाउने कार्य भएको छ ।विशेषत् यो पर्व पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खाहरुले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने कार्य भएको हो।

दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भनिन्छ । आजको दिन क्षेत्री ब्राह्मण समुदायले धान्य पूर्णिमाको संज्ञा दिँदै गोठ पूजा गर्ने चलन छ। प्रकृति पूजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मनाउँछन् ।

प्रकाशन मिति–२०७९ साल मंसीर २२ गते विहीवार ।