Upallo Mustangi former King Ghigme Palwar Bista
Upallo Mustangi former King Ghigme Palwar Bista

काठमाडौ। उपल्लो मुस्ताङका २५ औं पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा बिहीबार १ बजे मृत्यु भएको छ। विष्ट २०२६ सालदेखि मुस्ताङको राजा थिए।

राजाको भूमिकामा जिम्मेवारी सम्हालेका विष्टले मुस्ताङमा धेरै सामाजिक काम गरेका छन्। ०६३ मा राजतन्त्रको अन्त्यसँगै मुस्ताङका राजा झिग्मीले पनि आफ्नो भूमिका राजाको रुपमा नरहेको घोषणा गरेर लोकप्रिय बनेका थिए।

गणतन्त्रपछि विष्टको राजदरबार काठमाडौंबाट पाउँदै आएको सुविधा पनि खोसिएको थियो। सुविधा खोसिएपनि विष्ट कहिल्यै दु:खी नबनेको उनका निकटवर्तिहरु बताउँछन्।
प्रकाशन मिति–२०७३ साल पुष १ गते शुक्रबार ।