काठमाडौ। नेपाली कांग्रेसको कोटावाट राज्यमन्त्री बनेका मिठु मल्ल र सुवर्ण ज्वारचन वीच शहरी विकास मन्त्रालयमा कुर्सीका विषयमा तानातान र हानथाप भएको छ। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालवाट शपथ खाएपछि सिधै शहरी विकास मन्त्रालयमा पदस्थापना गर्न पुगेका दुवै राज्यमन्त्रीहरु वीच केही समय कुर्सीका विषयमा तानातान नै भएको थियो।

sahari-bikash-mantralaya

समाचार स्रोतका अनुसार १५ मिनेट अगाडि मात्र शहरी विकास मन्त्रालयमा पुगेकी सुवर्ण ज्वारचन नेमप्लेट सहित मन्त्रालयको कुर्सीमा विराजमान भएको देखेपछि सोही मन्त्रालयको सपथ खाएर आएकी मिठु मल्लको टाउको दुख्नु स्वभाविक थियो।

ज्वारचन बाणिज्य मन्त्रालयमा नियुक्त बनेपनि उनलाई शहरी विकास मन्त्रालय चाहिएकोले उनी त्यहाँ जवरजस्ती प्रवेश गरेर नेमप्लेट हतार हतार बनाउन लगाएर विराजमान हुन भ्याएका थिए। जसले गर्दा मन्त्रालयका सचिवहरु समेत अलमल बनेका थिए।

राज्यमन्त्री ज्वारचनको यसप्रकारको रवैया देखेपछि शहरी विकास मन्त्रालयका निमित सचिव शंभु केसीले मुख्यसचिव सोमलाल सुवेदीलाई तत्काल फोन गरेर शहरी विकास राज्यमन्त्री मिठु मल्ल हो कि सुवर्ण ज्वारचन भनेर प्रश्न गरेपछि मुख्यसचिव सुवेदीले मिठु मल्ल नै भएको पुष्टि गरेपछि ज्वारचनलाई बाणिज्य सचिव प्रेमकुमार राई आएर बाणिज्य मन्त्रालयमा लिएर गएपछि समस्या समाधान भएको हो।
प्रकाशन मिति–२०७३ साल मंसीर १६ गते विहीवार ।