NRN Donated to Nepal

काठमाडौ। नेपालमा भारतको नाकाबन्दीवाट अस्पतालहरुमा जीवनरक्षक औषधिको अभाव भएकोमा गैरआवासिय नेपाली संघ एनआरएनले औषधि तथा औषधिजन्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

एनआरएनका अध्यक्ष शेष घलेले आइतवार आयोजित समारोहमा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई हस्तान्तरण गरेका छन्। अष्ट्रेलिया र चीन लगायतका देशमा रहेका एनआरएनवाट प्राप्त झण्डै ६० लाख बराबरको औषधि तथा औषधिजन्य सामाग्रीहरु रहेको एनआरएनले जनाएको छ।

प्रकाशन मिति–२०७२ साल माघ २४ गते आइतवार ।