opek-meeting-in-viyenaभियना। भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ। ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अल सदाका अनुसार ओपेकले प्रतिदिन १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन कम गर्ने निर्णय गरेको छ।

यो निर्णय आगामी जनवरीदेखि लागू हुने जनाइएको छ। यो कटौती सदस्य देशहरुको कुल तेल उत्पादनको करिब तीन प्रतिशत हो । यो निर्णय लागू भएपछि ओपेकले प्रतिदिन ३२५ लाख ब्यारेल तेल उत्पादन गर्नेछ।

आठ वर्षको अन्तरालमा पहिलो पटक सदस्य राष्ट्रहरुबीच तेलको मुल्य बढाउने उद्देश्यले उत्पादन कटौती गर्ने सहमति भएको हो विगत दुई वर्षमा तेलको मूल्यमा प्रतिब्यारेल १०० डलरभन्दा बढी कमी आएको थियो। एजेन्सी
प्रकाशन मिति–२०७३ साल मंसीर १६ गते विहीवार ।