Prem Sagar Karmacharya 1काठमाडौ। बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा काठमाडौ महानगरपालिकाको मेयर पदका लागि आकाँक्षीहरुको भीडमा जनताहरुले त्यस्तो बेग्लै अनुहार खोजिरहेको छ। जसले निस्वार्थ रुपमा नेपाली जनताका लागि दिनरात नभनिकन सेवा गरिरहेका छन्।

Mr Prem Sagar Karmacharya: Recorded Blood Donar of Nepal.
Mr Prem Sagar Karmacharya: Recorded Blood Donor of Nepal.

त्यस्ता निस्वार्थ व्यक्तिहरुलाई निसर्त देश बनाउने ठेक्का पाइरहेका पार्टीले मेयर पदमा उम्मेदवार बनाउनु पर्ने अवधारणाको पछिल्लो पल्ट विकास भएको छ। यस अवधारणामा धेरैको नाम आएको पाइएतापनि निश्कलंक रुपमा दिनरात नभनिकन आपतमा परेकाहरुलाई विना शुल्क रक्तदान गरेर तथा रगत उपलव्ध गराएर सहयोग गर्दैआएका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको नाम अग्रपंक्तीमा आएको छ।

१ सय ४९ पल्ट रक्तदान गरेर रक्तदानको क्षेत्रमा रेकर्ड कायम गरिसकेका रक्तदाता प्रेमसागर कर्माचार्य काठमाडौ महानगरपालिकाको मेयर पदमा अत्यन्त उपयुक्त उम्मेदवार भएको प्रायको धारणा रहेको छ। रगत नपाएर आपतमा परेकाहरुका लागि अहोरात्र खट्दै आएका र अझ पिताजीको देहान्तको बेलामा क्रियामा बसेको बेलामा समेत विरामी तथा उनका परिवारहरुलाई सहयोग गर्ने कार्यमा नचुकेका सेवाधारी कर्माचार्यलाई मेयर बनाउनु पर्ने आवाज बुलन्द हुन थालेको छ।

Prem-Sagar-Karmacharya-3दश बर्ष जनयुद्ध लडेको नेकपा माओवादी केन्द्रले प्रेम सागर कर्माचार्यलाई काठमाडौको मेयरको टिकट दिने संभावना बढ्न थालेको बताइन्छ। स्वयम् प्रेम सागर कर्माचार्य पनि नेपाली जनताको सेवा गर्न काठमाडौको गरिमामय मेयर पदमा आकाँक्षी देखिएका छन्। कर्माचार्य जस्तो कर्तव्यनिष्ठ इमान्दार व्यक्तित्व काठमाडौको मेयरको लागि आवश्यक छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।