cold-ktm-3काठमाडौ। सोमवार काठमाडौमा यस बर्षकै बढी चिसो भएको महशुश गरिएको छ। तापक्रमको पारो ओरालो लाग्ने क्रममा काठमाडौमा न्यूनतम ३ डिग्रीमा झरेको छ। चिसोको कारण काठमाडौ उपत्यकाको जनजीवन प्रभावित बनेको छ।

cold-nepalभारतको जम्मु–कश्मिर हुँदै भूमध्य सागरवाट आएको पश्चिमी बायुको प्रभावले काठमाडौ लगायत नेपालभर नै चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ। चिसो बढ्ने क्रम मंगलवार पनि जारी हुने विभागले भनेको छ। पश्चिम र पूर्वी नेपालका पहाडी जिल्लाहरुमा हल्का बर्षासंगै हिमपात हुने र कतिपय स्थानमा भैसकेको जानकारी पनि विभागले भनेको छ।

simbhanjyang-himpat-1हेटौडा सिमभञ्ज्याङ्ग, टिष्टुङ्ग, पालुङ्ग लगायतका स्थानमा हिँउ परेको छ। शनिबार र आइतबारको हिमपातका कारण पहाड र हिमाली क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ। रसुवा, मनाङ, मुस्ताङ, गोर्खा, दोलखा, ताप्लेजुङ, धादिङलगायत जिल्लाको हिमाली क्षेत्रमा हिमपातका साथै असिना पानी परेको छ। हिमपात र पानीले चिसो बढाउँदा सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई असर परेको छ । चौपायालाई पनि कष्ट भएको छ।

cold-ktm-1

प्रकाशन मिति–२०७३ साल पुस १८ गते सोमवार ।