Election Cauntingकाठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाको मतगणना अत्यन्त सुस्त भैरहेको छ। मतपत्र आवश्यकता भन्दा अत्यन्त ठूलो तथा उम्मेदवारहरु धेरै भएको र चुनाव चिन्ह बढी भएको मात्र नभइकन मतदाताहरुले पार्टीलाई भन्दा व्यक्ति हेरेर विभिन्न चुनाव चिन्हमा मतदान गरेको कारण मतपत्र गणनामा ढिला हुन पुगेको निर्वाचन आयोगको भनाई वाहिर आएको छ।

काठमाडौ महानगरपालिकाको चुनावको मतगणना गर्न एक मतपत्रको गणना गर्न मात्र पनि तीन मिनेट लाग्ने गरेको देखिएको छ। सोमवार दिउंसो २ बजेवाट शुरु भएको काठमाडौ महानगरपालिकाको मतगणना राति ९ बजेसम्म गणना गरिदा जम्मा २ सय मत मात्र गनिएको पाइयो। ७ घण्टामा २ सय मत गणिदा एउटा मत गन्न सरदर २.१ मिनेट लागेको पाइएको छ। यसरी नै गनियो भने २४ सै घण्टा निरन्तर गन्दा पनि २ सय ७७ दिन अर्थात ९ महिना ७ दिन लाग्ने अड्कल गरिएको छ।

Bidhya Sundar Shakya

यो सुस्ततालाई गत्ति दिन निर्वाचन आयोगलाई सवैको सुझाव रहेको छ। काठमाडौ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता रहेको छ। २ सय मत गणिदासम्मको परिणाम अनुसार विद्यासुन्दर शाक्यले १ सय ४० मत ल्याएर अग्रता कायम गरेको छ। साझा पार्टीका किशोर थापाले १ सय मत ल्याएका छन्। कांग्रेसका राजुराज जोशी तेश्रो नंबरमा देखिएका छन्। उपमेयरमा कांग्रेसका हरिप्रभा खड्गीको अग्रता रहेको छ। हरिप्रभाले १ सय २८ मत हासिल गरेकी छन् भने, राप्रपाका राजाराम श्रेष्ठले १ सय १ मत प्राप्त गरेको स्थिति रहेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २ गते मंगलवार ।