Prem Bahadur Sing Ministerकाठमाडौ। नेपालका खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको पार्टी खारेज भएको छ। निर्वाचन आयोगले मन्त्रीको सिंहको समाजवादी जनता पार्टीसहित १५ वटा राजनीतिक पार्टीहरुलाई खारेज गरेको छ।

लगातार तीनबर्षसम्म आय–व्यय विवरणको प्रतिवेदन आयोगमा पेश नगरेको कारण आयोगले ती पार्टीहरुको दर्ता खारेज गरिएको आयोगले जनाएको छ। दल नै खारेज भएपछि उक्त दलवाट समानुपातिक कोटावाट सांसद बनेर मन्त्री भएका सिंहको मन्त्री पद अव के हुने भन्ने बारेमा अन्यौलता कायम हुन गएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन २३ गते आइतवार ।