Electricity 1

काठमाडौ। भारतवाट नेपालमा आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १ सय ४५ मेगावाट विद्युत आयातमा अवरुद्ध उत्पन्न भएको छ । ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

Electricity 3प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मुजफ्फरपुरतर्फको लाइटिङ एरेस्टर बिग्रिएका कारण समस्या पैदा भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको बताएका छन्। राससले जनाएअनुसार, प्रसारण लाइनमा परेको समस्या समाधानका लागि प्रयास भइरहेको प्राधिकरण प्रवक्ता अधिकारीको भनाइ रहेको छ। मुलुकभित्रै नदीमा पानी बढेको र उत्पादन पनि बढेका कारण विद्युत् आपूर्तिमा कुनै पनि समस्या नआउने प्राधिकरणले जनाएको छ।

हावाहुरीका कारण मुलुकका अन्य स्थानमा समेत विद्युत् प्रसारणमा समस्या पैदा भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हावाहुरी र चट्याङका कारण आपूर्तिमा समस्या भएका कारण प्राविधिक टोलीले काम गरिरहेको छ । सिंहदरबार आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

Electricity 2

शनिबार भएपनि विद्युत् आपूर्ति नियमित बनाउनका लागि हरप्रकारको प्रयास भइरहेको र उल्लेख्य मात्रामा प्राविधिक टोली परिचालन गरिएको प्रवक्ता अधिकारीले भनेका छन्। लामो समयपछि पानी परेका कारण प्रसारण लाइन तथा इन्सुलेटरलगायतमा समस्या पैदा भएको छ । तर जल सतह बढेका कारण आन्तरिक उत्पादन बढेको तथा सञ्चालनमा रहेका आयोजनाबाट उल्लेख्य मात्रामा विद्युत् उत्पादन भएका कारण आपूर्तिमा कुनै पनि समस्या नरहेको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रकाशन मिति–२०७३ साल फागुन २८ गते शनिवार ।