काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पश्चिम नेपालको दाङ निर्वाचन क्षेत्र नंबर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेको लागि बागी उम्मेदवारी दिएकी ख्यातिप्राप्त लोकदोहरी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन्।

राप्रपा छाडेर रातारात नेकपा एमाले प्रवेश गरेकी गायिका ओलीलाई एमालेले ठूलै प्रलोभन देखाएर अन्ततः निर्वाचनमा टिकट नदिएपछि एमालेको बागी उम्मेदवारको रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी थिइन्। उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आइतबार दिउंसो नेकपा एमाले तथा माओवादी केन्द्रका उच्च नेताहरुको चर्को दबाब भएपछि गायिका ओलीले बागी उम्मेदवारी फिर्ता लिएको हो।

यसो भएतापनि गायिका ओलीले निर्वाचनमा लाखौ लाख खर्च हुने भएकोले आफूसंग पर्याप्त पैसा नभएको कारण देखाएर उम्मेदवारी फिर्ता गरेको भनेकी छन्। उम्मेदवारी फिर्ता गरेपछि गायिका ओलीले एमालेकै उम्मेदवारलाई सघाउने भएकी छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १९ गते आइतवार ।