japan-fukusimaकाठमाडौ। आज विहान जापानमा शक्तिशाली भूकम्प गएको छ। फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि रहेको भूगर्भविद्हरुले बताएका छन्।

शक्तिशाली भूकम्प गएपछि जापान सरकारले तटिय क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। सरकारले सुनामीको प्रभाव पर्ने तटिय क्षेत्र खाली गराएको छ। भूकम्पका कारण क्षति पुग्न सक्ने भन्दै फुकुशिमाको परमाणु संयन्त्रको रिएक्टर कुलिङ सिस्टम बन्द गरिएको छ।

यसअघि गत अप्रिलमा कुमामोटो प्रान्तमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा आएको शक्तिशाली भूकम्पमा १८ हजारको मृत्यु भएको थियो। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल मंसीर ७ गते मंगलवार ।