काठमाडौ। पश्चिम नेपालको विकट जुम्लामा अनशनरत प्राध्यापक डागोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै ५ दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको हो।

गंभीर बनेपछि डा.केसीका सहयोगी र चिकित्सकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन्। स्थानीय प्रशासनले केसीको अनशनलाई मध्यनजर गर्दै प्रतिष्ठान क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

तर, उनको स्वास्थ्य अवस्था खस्किएपछि चिकित्सकले अनशनरत अवस्थामै निषेधाज्ञा तोड्दै थप उपचारका लागि अस्पताल पुर्याएका हुन्। अस्पतालमा डा.केसीको उपचार भैरहेको जनाएको छ।
प्रकाशन मिति–२०७५ साल असार २० गते बुधवार ।