Motor Bike ma teenjanaकाठमाडौ। भारतीय नाकाबन्दीको कारणले चर्को इन्धन अभावले सडकमा सवारी साधनको चापमा कमी भएकोले बस तथा मोटरसाइकलमा बढी यात्रु बोक्नेहरुलाई ट्राफिक प्रहरीले छुट दिदैआएकोमा सोमवार उप्रान्त नदिने भएको छ।

Maicro Bus 1

यात्रुहरुको बढी भन्दा बढी दूर्घटना हुने संभावनालाई नजरअन्दाज गरेर यातायात व्यवस्था विभाग र महानगरीय प्रहरी महाशाखाको पहलमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम बढी यात्रु बोक्ने सवारीलाई कारवाही शुरु गरेको छ।

मोटरसाइकलमा तीनजना यात्रु बोक्ने मोटरसाइकल चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही शुरु गरेको छ। ऐनमा व्यवस्था भएबमोजिम प्रति कारवाही मोटरसाइकललाई रु.२ सय जरिवाना शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताएका छन्।

Chhatko yatra

 

पोखरेलका अनुसार सोमवार मात्र १ सय ४८ मोटरसाइकललाई कारवाही गरिएको छ। क्षमताभन्दा यात्रु चढाउने बस र माइक्रोबसलाई पनि कारवाही गर्न थालिएको छ। छतमा जबजस्ती चढेर यात्रा गर्न खोज्ने यात्रुहरुलाई पनि प्रहरीले संझाउने कार्य प्रार्म्भ गरिएको छ।

प्रकाशन मिति–२०७२ साल पुष १३ गते सोमवार ।