Birganj Naka 1काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौल नाका खुलेपछि बीरगंजमा चहलपहल शुरु भएको छ। १ सय ३५ दिनसम्म मृतप्राय देखिएको बीरगंज नाकामा शुक्रबारवाट सवारी आतेजातेमा तिब्रता बढेको छ।

शनिवारवाट नेपालवाट इन्धन ढुवानीका लागि नेपाल आयल निगमका गाडी भारत जाने क्रम शुरु भएको छ। भारतमा तेल भर्न मात्र शनिवार विहान १२ वटा ट्याँकर बीरगंज नाका भएर रक्सौल गैसकेको बीरगंज भन्सारका अधिकारीले बताएका छन्।

भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोमा पेट्रोल तथा डिजेल भर्न बरौनी पुग्ने गरी ट्यांकर पठाइएको निगमले जनाएको छ। शनिवार दिनभरमा ३५ वटा ट्याँकरलाई रक्सौल पठाउने तयारी भैरहेको पनि निगमले भनेको छ।

Petrol Tanker line

नेपालमा नाकाबन्दी पछि चर्किएको इन्धनको हाहाकार अव एकहप्ताभित्र सामान्य अवस्थामा आउने निगमका अधिकारीहरुले भनेका छन्। उनीहरुका अनुसार एकहप्ताभित्र पेट्रोल र एक महिनाभित्र खाना पकाउने ग्याँस सहज हुने भएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २३ गते शनिवार ।