Ajay Kranti & more 3काठमाडौ। नेपाल सरकारले सोमवारदेखि जनताको संविधान जनताकै माझमा नामक प्रचार अभियानलाई तिब्रता दिएको छ। नेपालको जारी संविधानबारे व्याप्त भ्रम चिर्न र नेपाली जनतालाई सुसूचित गराउन अभियान थालेको सरकारले भनेको छ। राजधानी काठमाडौको राष्ट्रिय सभागृहमा अभियानको थालनी गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। अभियान थालनी गर्दै प्रधानमन्त्री ओलीले नेपालको जारी संविधान विश्वकै राम्रा प्रावधान भएको उत्कृष्ट संविधान भएको जिकिर गरेका छन्।

Ajay Kranti & more 4कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले समावेशीता र समानुपातिकताको हिसाबले नेपालको संविधान विश्वका लागि नै नमूना भएको बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक परेको भन्दै सत्तारुढ दलललाई एकता कायम गरेर जाने वातावरण बनाउन आग्रह गरे।

Ajay Kranti & more 1

उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले नयाँ संविधानले पहाड र मधेसमा बराबरी हक, अधिकार प्रदान गरेको र कोही पनि नागरिक राष्ट्रपतिसम्म बन्न सक्ने अधिकार सुनिश्चित गरेको उल्लेख गरे। संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले संविधानसभा बहिस्कार गरेका दलसमेत प्रधानमन्त्री निर्वाचनमा सहभागी भएकाले संविधानलाई सिंगो देशले स्वीकारेको भने।

Ajay Kranti & more 2सभामुख ओनसरी घर्तीमगरलेलगायतले संविधानमा अत्यन्तै उत्कृष्ट प्रावधान रहेको भन्दै असहमतिहरु संविधानको संशोधन गरेर सम्बोधन गर्न सकिने बताइन्। राप्रपाका अध्यक्ष पशुपति शमशेर जबरा र फोरम लोकतान्त्रिकका उपाध्यक्ष नसिर सिद्धिकीले पनि संविधानलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए।

एक महिने अभियान सबै जिल्ला सदरमुकाम, नगरपालिका र गाविसस्तरसम्म र्पुयाइने छ। संविधान मैथिली, भोजपुरी, थारु र अवधी भाषामा पनि अनुवाद गरिने छ। यस्ता अन्तरक्रियाहरुमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, भूतपूर्व प्रधानमन्त्रीलगायतको सहभागिता रहने जनाइएको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २१ गते सोमवार ।