काठमाडौ। नेपालमा पहिलो पल्ट आफ्नै पिताजीलाई कलेजो दान गरेर चर्चामा आएकी सरिता महर्जनलाई आर्थिक समस्या भएको छ। पिताजीलाई कलेजो दान दिएको लगतै सरिताकी आमाको किडनी पनि फेल भएकोले सरितालाई थप पीडा अनि आर्थिक बोझ थपिएको हो।

नेपालमा पहिलो पल्ट आफ्नै पिताजीलाई कलेजो दान गरेर चर्चामा आएकी सरिता महर्जनलाई पीडा माथिको पीडा ।
नेपालमा पहिलो पल्ट आफ्नै पिताजीलाई कलेजो दान गरेर चर्चामा आएकी सरिता महर्जनलाई पीडा माथिको पीडा ।

त्यसमाथि, अविवाहिता सरिताको भविष्यको चिन्ता गर्नेहरुले सरिताको सहयोगार्थ विभिन्न कार्यक्रम मार्फत सहयोग संकलन गर्ने कार्य हुन थालेको छ। धेरैले संकलित सहयोग सरिता महर्जनलाई उपलव्ध गराएर ठूलो कल्याणकारी कार्य गर्न थालिसकेका छन्। यसैक्रममा काठमाडौको ढल्को शोभाभगवती रोडस्थित चर्चित नेपा डान्स एकेडेमीले पनि सरिता महर्जनको सहयोगार्थ होप नामक भव्य अनि सभ्य कार्यक्रम गर्ने भएको छ।

सरिता महर्जनको सहयोगार्थ काठमाडौ मोडल स्कुल तथा नेवा किन्डर गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र महर्जनले नगद १५ हजार सहयोग प्रदान गरेका छन्।
सरिता महर्जनको सहयोगार्थ काठमाडौ मोडल स्कुल तथा नेवा किन्डर गार्डेन स्कुलका प्रिन्सिपल राजेन्द्र महर्जनले नगद १५ हजार सहयोग प्रदान गरेका छन्।

यही भदौ ३ गते शनिवार काठमाडौको दरवारमार्गस्थित देजाबुमा नेपालका ख्यातिप्राप्त कलाकार तथा ब्याण्डको सहभागितामा भव्य कार्यक्रम गर्ने आयोजक नेपा डान्स एकेडेमीकी प्रमुख तथा प्रसिद्ध डान्स डाइरेक्टर रोहिया महर्जनले भनेकी छन्। कार्यक्रममा देजाबु र नेपा म्युजिकको पनि सहयोग हुने भएको छ। होप नाम दिएको सरिता महर्जन सहयोग साँझ कार्यक्रमवाट जे–जति उठेको रकम छ–त्यो सवै सरिता महर्जनको सहयोगार्थ प्रदान गरिने भएको छ।

सरिता महर्जन सहयोग साँझ गर्ने तयारीका क्रममा नेपा डान्स एकेडेमीकी प्रमुख तथा प्रसिद्ध डान्स डाइरेक्टर रोहिया महर्जन ।
सरिता महर्जन सहयोग साँझ गर्ने तयारीका क्रममा नेपा डान्स एकेडेमीकी प्रमुख तथा प्रसिद्ध डान्स डाइरेक्टर रोहिया महर्जन ।

प्रकाशन मिति–२०७४ साल साउन १७ गते मंगलवार ।