Petrol 2काठमाडौ । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो। निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ।

नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ। यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १ रुपैया ५० पैसा मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले भिजन संसारलाई जानकारी दिएका छन्।

डिजेल र मट्टीतेल लिटरमा १ रुपैया ५० पैसा सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो । एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन। अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । त्यसैका आधारमा निगमले मूल्य समायोजन गरेर तेलको मूल्य घटाएको प्रवक्ता पोखरेलले भनेका छन्।

Petrol 1प्रकाशन मिति–२०७४ साल असार २ गते शुक्रबार ।