American Dollarकाठमाडौ। नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङ्कङ डलर ६०० सहित शनिवार प्रहरीले पक्राउ गरेको हो । लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई सो रकम लैजान लागेको प्रहरीले जनाएको छ ।
प्रकाशन मिति–२०७३ साल चैत्र ५ गते शनिवार ।