Naw Raj Silwalकाठमाडौ। नेपाली कांंग्रेसको चरम राजनीतिका कारण नेपाल प्रहरीको महानिरीक्षक बन्न नपाएका नेपाल प्रहरीका निवर्तमान डीआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई पार्टी प्रवेश गराएका हुन्। प्रहरी महानिरीक्षक हुने रोलक्रममा रहेका सिलवाल महानिरीक्षक हुन नपाएपछि सर्वोच्च अदालत गएका थिए। अदालतबाट पनि आफ्नो पक्षमा फैसला नभएपछि सिलवालले पदबाट राजीनामा दिएका थिए।

एमाले प्रवेश गर्नेक्रममा सिलवालले आफूमाथि चरम राजनीति भएकाले राजनीतिमा ओर्लिएको बताए । सोही कार्यक्रमबाट चर्चित पपगायक सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् । गायक श्रेष्ठ संविधानसभाको निर्वाचनमा राप्रपा नेपालबाट उम्मेदवार बनेका थिए ।

प्रकाशन मिति–२०७४ साल असोज २० गते शुक्रबार ।