Sher Bahadur Dewba 1काठमाडौ। नेपाली कांगे्रसको १३ औ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सभापति पदमा भएको दोश्रो चरणको चुनाववाट बरिष्ठ नेता शेरवहादुर देउवा विजयी बनेका छन्। आधारातसम्म जारी भएको मतगणनाको अन्तिम परिणामवाट नेता देउवाको जित भएको नेपाली कांग्रेसले जनाएको छ। सोमवार भएको दोश्रो चरणको मतदानमा कुल खसेको ३ हजार १ सय २० मतमा शेरवहादुर देउवाले १८२२ मत प्राप्त गरेर विजयी बनेका हुन्।

Sher Bahadur Dewba 4

देउवाका निकतम प्रतिव्दन्दी कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२९६ मत प्राप्त गरेका थिए। दुवै वीचको मतान्तर ५२६ देखिएको छ। ५२६ मत बढी पाएर नेपालको तीनपल्ट प्रधानमन्त्री बनिसकेका नेता देउवा स्पष्ट मतले सभापति पदमा विजयी वनेका हुन्। आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो। महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो।

Sher Bahadur Dewba 3

१० र १२ औं महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन्। पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए। सुशील कोइरालाको निधनसँगै मुलुकको ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ। ०५३ मा नवौ महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो। १३ औं महाधिवेशनबाट पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर आएको छ।

२०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने २०५८ साउनमा संसदीय दलको नेताबाहेक पटक–पटक हारेको इतिहास यसपटक तोडेका छन्। ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन्। त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिएका हुन्।

प्रकाशन मिति–२०७२ साल फागुन २४ गते सोमवार ।