Congress Adhibeshan 1काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार सम्पन्न भएको छ। नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको बन्दसत्र निर्धारित् समयभन्दा एकघन्टा ढिलो गरी सुरु भएको थियो।

Congress Adhibeshan 4

काठमाडौंको भृकुटीमन्डपमा जारी बन्दसत्रमा महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पेस गरेको पार्टीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदन पेस गरी बन्दसत्र सम्पन्न भएको हो। बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रम पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले पेस गरेका थिए।

Congress Adhibeshan 3

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि शनिबार बिहान ९ बजेदेखि छलफल प्रारम्भ हुने नेपाली कांग्रेस प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले पत्रकार सम्मेलनमा जानकारी गराए।बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमा बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल चल्ने बताइएको छ ।

Congress Adhibeshan 2

यसैबीच, महाधिवेशनको बन्दसत्रले कांग्रेसको विधानमा उल्लेख गरिएको अञ्चलबाट निर्वाचित एकजनाका दरले केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रावधान संशोधन गरेको छ। पार्टीको अन्तिम बैठकले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दे अञ्चलको सदस्य प्रदेशमा दुईजना रहने निर्णय गरेको थियो । रासस

प्रकाशन मिति–२०७२ साल फागुन २१ गते शुक्रबार ।