Kartik Nach 3ललितपुर। ललितपुरको ऐतिहासिक विश्व प्रसिद्ध कात्तिक नाच मंगलवार रातिवाट शुरु भएको छ। पाटन दरबारको कात्तिक नाच डबलीमा यो बर्षकोकात्तिक नाच शुरु भएको जानकारी प्रसिद्ध कलाकार तथा प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले भिजन संसारलाई दिएका छन्।  प्रचार संयोजक राजोपाध्यायका अनुसार मंगलवार रातिदेखि  १२ दिनसम्म कात्तिक नाच प्रस्तुत गरिने छ।

Kartik Nach 2

मङ्गलबार ब्रह्मा, विष्णु र महेश्वरले मत्र्यलोकका मानिसको जनजीवनको अवस्थाबारे बुझ्न खोजेको प्रसङ्ग नाचमा देखाइएको छ। भगवान् श्रीकृष्णको छोराले उषालाई हरण गरेको कथालाई यो बर्ष विशेष रुपमा देखाइने पनि प्रचार संयोजक राजोपाध्यायले भनेका छन्।

Kartik Nach 1प्रकाशन मिति–२०७४ साल कात्तिक ७ गते मंगलवार ।