Parash Shaha 1काठमाडौ। नेपालका पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट फर्केको लगतै चुपचाप नै रहेतापनि केही समययता सार्वजनिक जीवनमा छाउन थालेका छन्।

गत हप्ता मात्र शिव सेना नेपालले भगवान पशुपतिनाथ स्थित बनकालीमा निःशुल्क भोजनशालाको उद्घाटन गरेर सोही भोजनशालामा खानपान गरेर चर्चामा आएका शाह शुक्रबार फेसबुक मार्फत छाएका छन्।

Paras-Shah status

फेसबुक मार्फत आफू राजा बनेर कसैमाथि शासन गर्ने इच्छा नभएको बताएका छन्। देशलाई पूनः ठीक बाटोमा ल्याउन आफ्नो चाहना भएको बताउंदै त्यसमा युवा पुस्ता आवश्यक भएको भनेका छन्। शाहले पुरानो पुस्ताले देशको हालत विगारेको आरोप समेत लगाएका छन्। युवा पुस्तालाई देश जिम्मा लगाउने आफूले जिम्मेवारी संझेको लेखेका छन्।

Parash family 1

पुरानो पुस्ताले विगारेको भनिएको देशलाई युवा पुस्तालाई जिम्मेवारी दिएर कसरी आफू अगाडि आउने हो ? त्यो भने उनले लेखेको पाइएको छैन्।

प्रकाशन मिति–२०७२ साल पुष २४ गते शुक्रबार ।