KP Oli with Makune 2काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार परिसरमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई सरप्राइज दिदा नेता नेपाल आफै तीनछक्क परेका छन्।

एमाले स्थायी समितिको प्रत्येक हप्ताको प्राय आइतवार हुने बैठकमा विभिन्न ब्रिफिङ्ग गरिने गर्दछन्। यसक्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमण तथा आगामी चीन भ्रमण विषयमा ब्रिफिङ्ग कार्यक्रममा सहभागी बन्न पुगेका नेता नेपाललाई प्रधानमन्त्री ओलीले ६४ वटा फूल रहेको फूलको गुच्छा प्रदान गर्दै ह्याप्पी बर्थ डे भनेपछि नेता नेपाल गजबै बनेका थिए।

KP Oli with Makune 4कसैलाई थाहै नदिएको जन्मदिन प्रधानमन्त्री ओलीले पत्ता लगाएर सरप्राइज दिएकोमो मक्ख परेका नेपाललाई ह्याप्पी बर्थ डे माधव नेपाल लेखिएको केक समेत अगाडि ल्याएर काट्न लगाएपछि दंग नपर्नु स्वभाविक थियो। काटिएको केक पहिला प्रधानमन्त्री ओलीले नेता नेपाललाई खुवाएका थिए। त्यसपछि नेपालले ओलीले खुवाएपछि सवैले गडगडाहट ताली पिटेका थिए।

KP Oli with Makune 1

KP Oli with Makune 3आज आइतवार नेता नेपालको ६४ औं जन्मदिन हो। आजैको दिन नेपालको वि.सं.२००९ सालमा राजविराजमा जन्म भएको थियो। ओली भन्दा नेपाल उमेरको हिसावले २ बर्ष फरक देखिएको छ। यो बर्षवाट ओली ६६ बर्ष पुगेका छन्। ओलीले गत भारत भ्रमणकै क्रममा भारतमा फागुन ८ गते नै जन्मदिन मनाएका थिए।
प्रकाशन मिति–२०७२ साल फागुन २३ गते आइतवार ।