Dr. Hari Kumar Shrestha's Seed Center 2काठमाडौ। नेपालका बीउ विज्ञ डा.हरिकुमार श्रेष्ठले बीउका जातहरुको संरक्षण, सम्बर्धन, विकास, उत्पादन र वितरण गर्ने उद्देश्यले आई इन्टरनेशनल सीड रिसर्च एण्ड ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय काठमाडौको बालाजु वाईपासमा स्थापना गरेका छन्।

उक्त सिड सेन्टरको उद्घाटन कृषि विकास मन्त्रालयका सचिव डा.सुरोज पोख्रेलवाट भएको हो। यस सेन्टरले भविष्यमा नयाँ जातहरुको विकास गर्नुको साथै गुणस्तरीय कृषि सामग्री आपूर्ति गरी उत्पादकत्व वृद्धि गर्न ठोस मद्दत गर्ने योजना राखेको छ।

सेन्टरको मुख्य कार्यालय, नागार्जुन १३, स्युचाटार, काठमाडौँमा रहेको छ भने काठमाडौँ १६, बालाजु, वाईपासमा बिक्री शाखा खोलिएको हो। यस सेन्टरको मुख्य उद्देश्य बीउका जातहरुको संरक्षण, सम्बर्धन, विकास, उत्पादन र वितरणका साथै गुणस्तरीय बीउबिजन, विषादी, कृषि औजार तथा उपकरणहरु बिक्री वितरण गर्नुरहेको बिउ विज्ञ डा. श्रेष्ठले बताए।

सेन्टरले यसको अलावा कृषक तथा बीउबिजन प्रयोगकर्तालाई बीउबिजनसँग सम्बन्धित क्षेत्रमा तालिम उपलव्ध गराउने, बीउबिजन क्षेत्रमा राय परामर्श दिने, नेपाल सरकार तथा अन्य सरोकारलालाई बीउबिजन नीति, नियमावली, निर्देशिका, कार्यविधि तथा व्यवसायिक योजना तयार गर्न सहयोगी भूमिका निर्वाह गर्ने पनि डा. श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।