UK Samman 2लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेद्वारा बेलायतमा नेपाली भाषा साहित्यको विकासमा उल्यखनीय योगदान पुर्याए बापत नेपाली साहित्यका मूर्धन्य दुई सर्जकहरु कवि हरिविभोर कार्की,अल्डरसर्ट र कवि ध्रुब केसी,वएम्ली दुबै जनालाई २०१६ को एन एल डि सि गोल्ड मेडल दोस्रो अवार्ड प्रदान गरिएकोछ।

UK Samman 3

सम्मानपत्र सहित आधा तोला २४ क्यारेट सुन र पाँच तोला प्योर चाँदीमा बनेको पदक प्रदान गरिएको छ । यसैगरी सन् २०११ देखि परिषदमा आवद्ध कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनूर श्रेष्ठ मल्लद्वारा आ–आफ्ना बुबामुमाका नाममा स्थापना गरेको नेपाली साहित्य पुरस्कार २०१६ यस वर्ष मूल्याङ्कन समितिमा प्राप्त कृतिहरू मध्ये उत्कृष्ट ठहर भएका कृतिहरू कविता विधा तर्फ कवि तथा गीतकार घनबहादुर थापा मगरको ‘मेरो देश मेरो चिनो’ कविता संग्रहलाई प्रदान गरिएको छ भने कथा विधा तर्फ कवि तथा कथाकार हरिसिँह थापाको ‘नम्रताको कार्डिगन’ कथा संग्रहलाई प्रदान गरिएको छ।

UK Samman 6यस पुरस्कारमा पाँच तोला प्योर चाँदी र स्वर्ण अक्षरमा पदक बनेको छ। बेलायतमा सोमवार राति अवेर आयोजित भव्य समारोह वीच यी पुरस्कार तथा सम्मान प्रदान गरिएको हो। जसमा बेलायतका प्रतिष्ठित व्यक्ति–विशेषहरुको सहभागिता रहेको थियो।

UK Samman 4 UK Samman 7 UK Samman 5 प्रकाशन मिति–२०७३ साल चैत्र २२ गते मंगलवार ।