Harry Prince of UK.1काठमाडौ। बेलायतका राजकुमार ह्यारीले नेपालको पाँचदिने भ्रमण यही आउने चैत्र ६ गते शनिवारवाट गर्ने भएको छ। नेपाल र बेलायत वीचको कुटनीतिक संवन्ध दुई सय बर्ष पुगेको अवसरमा बेलायती महारानी एलिजावेथ व्दितीयको तर्फवाट राजकुमार ह्यारीले नेपालको भ्रमण गर्न लागेका हुन्।

नेपाल आएकै दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री कमल थापासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेर भूकम्पले क्षति पुर्याएको पाटन दरवार स्क्वायर र भक्तपुर दरवार स्क्वायर पुगेर अवलोकन भ्रमण गर्ने भ्रमण तालिकामा रहेको छ।

Harry Prince of UKत्यसको अलावा नेपाल प्राकृतिक सम्पदा र संरक्षणबारे बुझ्न बर्दिया राष्ट्रिय निकुन्ज पुग्ने र पोखरा आएर गोर्खा सैनिकका परिवारसंग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणको अन्तिम दिन नेपाल स्थित बेलायती राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सरिक भएर बेलायत फर्किने दूतावासले जनाएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन २६ गते बुधवार ।