nepali-embassador-for-uk-mr-dubasu-1काठमाडौ। बेलायतका लागि नेपाली राजदूत दुर्गावहादुर सुवेदी पत्नी सहित बेलायतको राजसी बग्गी चढेर बेलायतको बक्ङ्गिगम प्यालेस पुगेर आफ्नो ओहदाको प्रमाण–पत्र चढाएका छन्।

nepali-embassador-for-uk-mr-dubasu-3बेलायतको समय अनुसार विहीवार दिउंसो बक्ङ्गिगम प्यालेसमा बेलायतकी महारानी एलिजावेथ अलेग्जेण्डर मेरी समक्ष राजदूत सुवेदीले ओहादाको प्रमाण–पत्र पेश गरेका थिए। बक्ङ्गिगम प्यालेसमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले नेपाल र बेलायत वीचको २ सय बर्ष पुरानो मैत्री संवन्धलाई आफ्नो कार्यकालमा अझ बलियो तथा सुदृढ पार्ने प्रतिवद्धता पनि व्यक्त गरे।

nepali-embassador-for-uk-mr-dubasu-2

आफ्नो ओहदाको प्रमाण–पत्र पेश गर्ने क्रममा बेलायती महारानी समक्ष नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको शुभेच्छा तथा शुभकामना पनि सँग–सँगै पेश गरेका थिए। बेलायती महारानीले राजदूत सुवेदीको सफल कार्यकालको लागि शुभकामना दिएकी थिइन्।
प्रकाशन मिति–२०७३ साल मंसीर १७ गते शुक्रबार ।