Accu Pressure Park 5काठमाडौ। नेपालमा नशा तथा स्नायु संवन्धी रोगका कारण दिनानुदिन धेरैजना पीडित हुन थालेको पाइन्छ। यस रोगका लागि विशेष गरेर महंगो खर्चमा उपचार गरिदा पनि निको नहुंदा बैकल्पिक उपचारको रुपमा प्राकृतिक उपचारतिर लाग्नेहरुको संख्यामा निक्कै बृद्धि हुन थालेको छ।

Accu Pressure Park 1विना साइड इफेक्ट प्राकृतिक रुपमा उपचार हुने यो पद्धति प्रति नेपालीहरुको आकर्षण बृद्धि भएको कारण निःशुल्क रुपमा थेरापी गर्न मिल्ने गरेर काठमाडौको स्वयम्भुनाथ स्थित भगवान पाउ नजिक भूँइखेलमा प्राकृतिक एक्युप्रेसर पार्क स्थापना भएको छ। बेखवर चुपचाप संचालनमा आएको यस एक्युप्रेसर पार्कमा विहानको स्वस्थ्य हावामा मर्निङ्ग वाक गर्नेहरुको क्रमिक भीड लाग्न थालेको छ।

Accu Pressure Park 2विशेषत यस पार्क नशा तथा स्नायु रोगका रोगीहरुको लागि अत्यन्त उपयोगी पार्क मानिन्छ। त्यसको अलावा प्रेसर तथा सुगर रोगका विरामीहरुले पनि फाइदा लिन सक्छन्। प्राकृतिक ढुंगै–ढुंगाका पिरामिडहरुवाट निर्माण भएको यस प्राकृतिक एक्युप्रेसर पार्कमा ढुंगाका पिरामिडहरुमा विस्तारै हिंडे्र प्राकृतिक रुपमा एक्युप्रेसरको उपचार पाइने गर्दछ।

Mr. Kiran Shahi-Social Activist of Accu-pressure Park.
Mr. Kiran Shahi-Social Activist of Accu-pressure Park.

यस एक्युप्रेसर पार्कमा हिंडे्र धेरैजनाले निरोगीताको अनुभव गरिसकेको दावी यस पार्कका अगुवा तथा अभियन्ता किरण शाहीको रहेको छ। किरण शाहीको सक्रियता तथा अगुवाईमा स्वयम्भुनाथको पावनभूमिमा एक्युप्रेसर पार्कको निर्माण भएको हो।

स्थानीय जनसहभागितामा निर्माण भएको यस पार्कमा नेपाल सरकारको एक सुक्का पनि लगानी नभएको शाहीको भनाई रहेको छ। अझ पार्कलाई व्यवस्थित गरेर निर्माण गर्नका लागि महानगरपालिका देखि जिल्ला विकास समितिसम्म पुग्दा पनि उनीहरुले कागजी झन्झट तेर्साएर हैरान मात्र पारेकोले आफूहरुले ती निकायमा सहयोग माग्नै छाडिसकेको र आफूहरु नै लागेर अझ व्यवस्थित बनाउने योजना भएको शाहीले भनेका छन्।

Accu Pressure Park 6पूर्णरुपमा तयारी पूरा भैनसकेको कारण पार्कको विधिवत रुपमा उद्घाटन भैनसकेको र चाँडै नै पार्कको वीचमा सानो पोखरी निर्माण गरेर त्यसमा भगवान बुद्धको मूर्ति प्रतिस्थापना गरेपछि उद्घाटन हुने शाहीले भनेका छन्। रोगीहरु मात्र नभइकन स्वस्थताका लागि निरोगीहरु पनि यस पार्क भ्रमण गरेर थप स्वस्थ बन्न सक्ने भएकोले क्रमिक रुपमा माउथ पब्लिसिटीको भरमा पनि भीड बढ्रिहेको जानकारी स्वयम्भुकै सामाजिक अभियन्ता रामलाल श्रेष्ठले दिएकी छन्।

Accu Pressure Park 4श्रेष्ठ प्राकृतिक एक्युप्रेसर पार्कको सक्दो उपयोग गरेर सवै स्वस्थ बन्न सक्ने धारणा पोख्छन्। श्रेष्ठको यही धारणा अनुरुप यस पार्कमा विहान आउनेहरुको संख्यामा दिनानुदिन बृद्धि भैरहेको आफूले पाइरहेको प्रत्येक दिनजसो यस पार्कमा आउने गरेकी सामाजिक अभियन्ता मञ्जु रानामगरले भनेकी छन्। संकल्प विकास केन्द्र नेपालकी अध्यक्ष सुनिता कायस्थ पनि यस पार्कले धेरैलाई स्वस्थ बनाउन मदत गरेको सुनाउंछिन्।

Accu Pressure Park 2प्रकाशन मिति–२०७४ साल साउन ११ गते बुधवार ।