काठमाडौ। विश्वमै बढी कैदी भएको चौथो मुलुक ब्राजिलको एक कारागारमा कैदी कैदीवीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ। ब्राजिलको एमेजोनस राज्यस्थित माअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका कैदी बन्दीवीच भएको झडपमा उक्त घटना हुन पुगेको हो।

brazil-karagar-kaidiजसमा धेरै घाइते भएको पनि अन्तरराष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छकैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही फरार भएका छन्। करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेको बताइएको छ। कैदीबन्दीले नियन्त्रणमा लिएका १२ जना सुरक्षागार्ड पनि मुक्त भएका छन्।

घटनापछिको छानबिनका क्रममा कारागारको पर्खालमा हतियार लुकाएर राखेको भेटिएको थियो। जहाँ ६ लाख कैदीबन्दी छन् । झडप भएको समयमा कारागारमा १२ सय २४ जना रहेको बताइएको छ। कारागारको क्षमता भने ४ सय ५४ कैदी बन्दी राख्ने रहेको छ।
प्रकाशन मिति–२०७३ साल पुस १९ गते मंगलवार ।