Bisket Jatra Dhunga Hana han 2काठमाडौ। भक्तपुरमा सोमवारवाट सुरु भएको विश्वप्रसिद्ध बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी सरोज शिल्पकार र कमल विनायक निवासी सञ्जीव मधिकर्मी रहेका छन् ।

घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

तौमढीमा रथ तान्ने क्रममा सोमवार राति ९ बजेदेखि भएको ढुङ्गा हानाहानले भक्तपुरको विस्केट जात्रा तनावग्रस्त बनेको छ। अत्यन्त सुरक्षा कडा पारिएतापनि यसप्रकारले हरेक बर्ष हुने ढुंगा हानाहान गर्ने विकृतिले जात्रालाई विकृत बनाएको सर्वसाधारणको धारणा रहेको छ।

Bisket Jatra Dhunga Hana han 1प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।