Page No.4- Mauri Palanकाठमाडौ। पोखराकोे लेखनाथ–९ लामास्वाँराका सूर्यप्रसाद लामिछाने मौरीपालनमा नमुना नै बनेका छन्।

मौरी पालन गरेर राम्रो रोजगारीको सिर्जना गर्नुको अलावा आयआर्जनको प्रमुख माध्यम बन्नुको अलावा मुखभरि मौरी पालेर नयाँ रेकर्ड राख्ने कार्य समेत लामिछानेले गरेका छन्। ऋण खोजेरै पढेका सूर्यप्रसाद लामिछाने उनी स्नातक तहपछि रोजगारीका लागि भौंतारिए। महिना दिन पोखराको एउटा कम्पनीमा मार्केटिङ्गको काम पनि गरे । तर, खानै पुगेन । अनि थाले मौरी पाल्न। 

यो पेसाले राम्रै आम्दानी गरिरहेका यी ३३ वर्षे युवकलाई अन्त भनेजस्तो जागिर नपाउनु वा विदेश नजानुको कुनै फिक्री छैन। वर्षमा केही लाख रुपैयाँ सजिलै बचाउँछन्। केहीलाई रोजगारी पनि दिएका छन्। ‘जागिर र विदेश भनेर केही नगरी बसेको भए बर्बादै भइने रहेछ,’ उनले भने, ‘मौरी अहिले मेरो स्थायी जागिर बनेको छ।’

Page No.4- Mauri Palan 1२०६३ सालमा उनका दाजु टंकले मह काढे । भाइलाई अलिकति चाख्न दिए । उनलाई पनि मौरी पाल्ने रहर जाग्यो । तत्कालै दाजुबाट २ घार मौरी किने । ‘मौरी, घार र अन्य पूर्वाधारमा २५ हजार रुपैयाँ लगानी गरेको थिएँ,’ उनले भने, ‘त्यही मौरीले अहिले मालामाल भएको छु। मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ ।’

बेगनास मौरी घार उद्योग चलाएका उनकोमा अहिले ९० घार मौरी छन्। १ हजार केजी मह उत्पादन हुने र त्यसबाट वार्षिक ३ लाख रुपैयाँ कमाउँछन् । आधुनिक घार तथा मौरीजन्य सामानबाट ५ लाख र रानो मौरीसहित गोला फुटाएर बेचेर वार्षिक ४ लाख रुपैयाँ थप कमाइ हुन्छ ।

प्रकाशन मिति–२०७२ साल फागुन १ गते शनिवार ।