Makuneकाठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी मोर्चामा तालिबानी चिन्तन देखिएको टिप्पणी गरेका छन्। राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिर गएपछि बिधवाले टेकेको भन्दै मन्दिर गंगाजलले सफा गरेको घटनालाई लिएर पूर्वप्रधानमन्त्री नेपालले यस्तो टिप्पणी गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले-‘राष्ट्रपति जानकी मन्दिरमा जाँदा जुन घटना भयो र त्यसपछि बिधवा भनेर जुन अशोभनीय हर्कत गरियो, त्यसले मधेसी मोर्चाको बिचार र कार्यकर्ता कस्ता छन् भन्ने पुष्टि भएको छ। यो मुुलुकलाई सति प्रथाको युगमा फर्काउने सामन्ती चिन्तन हो।’

आफू मधेसी जनताबाटै निर्वाचित जनप्रतिनिधि भएका भन्दै पूर्वप्रधानमन्त्री मधेसी जनतासँगै यस घटनाबाट आफू लज्जित भएको नेपालले बताए।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।