Harry Holi 4लमजुङ्ग। पाँचदिने नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी सोमवार राति बास बसेको लमजुङ्गको गौडा गाउंमा नेपालको परम्परागत होली पर्व मनाएर स्थानिय सवैलाई दंगदास पारिदिएका छन्।

सेतो सर्ट लगाएका ह्यारी स्थानीय बासिन्दासँग होली खेलेर राताम्मे बनेका थिए। ह्यारीले प्रमुख जिल्ला अधिकारी मोहन जिसी, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, प्रहरी नायव उपरीक्षक शम्भुप्रसाद ढकाललाई पनि रंग लगाइदिए।

Harry Holi 3

बेलायती राजकुमारसँग होली खेल्न पाउँदा स्थानीय बालबालिका, युवा र बृद्धसमेत निकै खुसी भएका थिए। राजकुमार ह्यारीले आफ्नो तस्वीर खिचिरहेका विदेशी तथा स्वदेशी पत्रकारलाई पनि रंग दलिदिएका थिए। उनले आफ्नो सुरक्षामा खटिएका गोर्खासैनिक र नेपाली सुरक्षाकर्मीहरुलाई पनि रंग लगाइदिए।

Harry Holi 1

ह्यारीले होली खेल्दै चुड्का नाच पनि हेरेका थिए। होली खेलेर रंगिएका राजकुमार ह्यारी रंगिविरंगी लुगासहित नेपाली सेनाको हेलिकोप्टरमा पोखरा उडेका थिए। होली खेल्नुअघि ह्यारीले गौंडा माविका विद्यार्थीसँग भलिबल खेलेका थिए।

प्रकाशन मिति–२०७२ साल चैत्र ९ गते मंगलवार ।