Langtang durghatanaकाठमाडौ। रसुवाको धुन्चेवाट राहत सामाग्री ओसार्दै आएको फिस्टेल एयरको हेलिकप्टर विहीवार दिउंसो लाङ्गटाङ्गमा दूर्घटनमा परेको छ। दूर्घटनाको कारण हेलिकप्टर काम नलाग्ने भएतापनि मानविय क्षति चाहिं नभएको फिस्टेल एयरका अप्रेसन म्यानेजर रमेश शिवाकोटीले बताएका छन्। दूर्घटनामा परेको उक्त हेलिकप्टरमा स्वीडेनका पाइलट निकोलस रहेका थिए। जसको अवस्था सामान्य रहेको पनि बताइएको छ। लाङ्गताङ्गमा निर्माण सामाग्री बोकेर जाँदैगर्दा उक्त दूर्घटना भएको पनि फिस्टेल एयरले जनाएको छ।

प्रकाशन मिति–२०७२ साल चैत्र ४ गते विहीवार ।