Anjali Devi Maskey- Sabaiki Didi Anjali Didi
Anjali Devi Maskey- Sabaiki Didi Anjali Didi

काठमाडौ। तिहारको भाइटीकाको दिन दिदीवहिनी नहुने दाजुभाइहरुका लागि भाइटीका लगाइदिने कार्य यो बर्ष पनि काठमाडौको काष्ठमण्डपमा अञ्जली देवी मास्केले निरन्तरता दिएकी छन्। विगत १८ बर्षदेखि दिदीबहिनी नहुने सवै बर्ग तथा समुदायका दाजुभाइलाई भाइटीका लगाउंदै आएकी अञ्जली दिदीले यो बर्ष पनि भाइटीका लगाइदिएकी छन्।

Anjali Didi worshiped Bhaiteeka
Anjali Didi worshiped Bhaiteeka

गत बर्ष २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले ध्वंस्त बनाएको काष्ठमण्डप पूर्नरनिर्माण यो बर्ष पनि नभएतापनि सोही काष्ठमण्डपको खण्डहरमा पाल लगाएरै भाइटीका गरेकी छन्। ७० बर्ष पुगिसकेकी अञ्जली दिदीको हातवाट विगत ७ बर्षदेखि निरन्तर टीका लगाउंदै आएका मेटलाइफ नेपाल तारा टीमका म्यानेजर ताराप्रसाद कसजुले बताएका छन्।

Tara Prasad Kasaju take sagun of Bhaiteeka by Anjali Didi
Tara Prasad Kasaju take sagun of Bhaiteeka by Anjali Didi

दिदीबहिनी नहुनुको पीडाले छटपटिएको मनलाई अञ्जली दिदीको हातवाट टीका लगाउन थालेपछि त्यो पीडा ७ बर्षदेखि शान्त भएको र सवैकी दिदी अञ्जली दिदीलाई आफ्नो पनि दिदी बनाउन पाउंदा आफूलाई अत्यन्त गौरब लागेको प्रतिक्रिया दिएकी छन्। बाँचुञ्जेल अञ्जली दिदीको हातवाट भाइटीका लाउने अपेक्षा पनि मेटलाइफ नेपालका म्यानेजर कसजुले व्यक्त गरेका छन्।

Anjali Didi with Metlife Nepal Tara Team Manager Tara Prasad Kasaju after Bhaiteeka at Kasthmandap
Anjali Didi with Metlife Nepal Tara Team Manager Tara Prasad Kasaju after Bhaiteeka at Kasthmandap

अञ्जली दिदी पनि ताराप्रसाद कसजु जस्ता सयौ दाजुभाइ पाएर निक्कै गौरवान्दित बनेकी छन्। भन्छिन्–“मलाई यी दाजुभाइहरुलाई हरेक बर्ष भाइटीका गरिदिन पाउंदा मेरो मन निक्कै खुशी हुने गर्दछ। म यी दाजुभाइहरुको मायामा नै आफूलाई पाउने गरेकी छु।” आफूसंग भाइटीका गर्ने कति दाजुभाइलाई अञ्जली दिदीले चिन्ने गरेकी छन् त कतिलाई चिन्ने गरेकी छैनन्।

anjali-didi-bhaiteeka-6

बर्षमा लगभग २ सयको हाराहारीमा भाइटीका गर्दैआएकी यी सवैकी दिदी अञ्जली दिदीले यो बर्षको मंगलवारको भाइटीकामा करिब १ सयजना दाजुभाइलाई भाइटीका गरिदिएकी छन्। २ सय दाजुभाइको लागि मसला, सगुन तथा टीकाको व्यवस्था गरिएपनि स्थान अभावको कारण १ सय जनालाई मात्र भाइटीका गर्न सकेको जानकारी अञ्जली दिदीले दिएकी छन्।

anjali-didi-bhaiteeka-1प्रकाशन मिति–२०७३ साल कात्तिक १६ गते भाइटीका । नेपाल संवत ११३७ कछला दुतिया ।