Nirwachan Ayogकाठमाडौ। निर्वाचन आयोगले सांसद कोषको नाममा सन्चालित सम्पूर्ण विकास निर्माण, परियोजना र अन्य कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेको छ।

आयोगको आइतबार बसेको बैठकले संसद नरहेको अवस्था, सांसद भूतपूर्व भइसकेका र निर्वाचनका कार्यक्रम सुरु भइसकेकाले सांसदको क्षेत्रका लागि छुट्याइएको रकम पनि राज्यकै भएको भन्दै सम्पूर्ण कार्यक्रम रद्ध गर्ने निर्णय गरेको आयुक्त सुधिरकुमार शाहले भनेका छन्।

आयोगले स्थानीय तहको निर्वाचनमा भने सांसद विकास कोष तथा अन्र्तगतका कार्यक्रममा आचारसंहिता आकर्षित नहुने जनाएको थियो । तर, संसदको निर्वाचनका कार्यक्रम सुरु भएको, सांसद भूतपूर्व भइसकेकाले सांसद विकास कोषको रकम रोक्का गर्नुका साथै रकम निकासा पनि रोक्ने निर्णय गरेको हो ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १२ गते आइतवार ।