Sipadol Progm 1काठमाडौ। घरेलु मदिरा रोकथाम उपभोक्ता समिति भक्तपुर सिपाडोलको आयोजना तथा सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा लागूऔषध तथा घरेलु मदिरा न्युनिकरण र नेतृत्व सीप विकास तालिमको आयोजना भएको छ।

Sipadol Progm 3अन्तरराष्ट्रिय लागूदिवसको पूर्वसन्ध्यामा भक्तपुरको सिपाडोलमा शनिवार उक्त कार्यक्रमको आयोजना भएको हो। महिलाहरुको व्यापक सहभागिता भएको महिला लक्षित उक्त कार्यक्रमका सहभागी प्रशिक्षार्थीहरुलाई नार्कोन नेपालका राष्ट्रिय अध्यक्ष बसन्तराज कुँवरले प्रशिक्षण दिएका थिए।

महानगरीय प्रहरी बृत कोटेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्ष अनिल ठकुरीले लागूऔषध र यसको असर विषयमा प्रकाश पारेका थिए। कार्यक्रम संचालन विनीता बस्नेतले गरेकी थिइन्।

Sipadol Progm 2प्रकाशन मिति–२०७४ साल असार ११ गते आइतवार ।