Drishtybihin lai Swoniga ko sahayog 2काठमाडौ। भारतको गुजरातमा अन्तरराष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा नेपाली दृष्टिविहीनहरुले पनि सहभागिता जनाएका छन्। अगष्ट ५ तारिखदेखि ७ तारिखसम्म संचालन हुने प्रतियोगिताको लागि नेपाली टोली भारतको गुजरात प्रस्थान गरेका हुन्।

Drishtybihin lai Swoniga ko sahayog 3३ जना दृष्टिविहीन खेलाडीसहित ५ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गर्नुअघि शुक्रबार लायन्स क्लव अफ काठमाडौ स्वनिगले एक समारोहको आयोजना गरेको छ। आयोजक लायन्स क्लव अफ काठमाडौ स्वनिगका चार्टर प्रेसिडेन्ट तारा प्रसाद कसजुले सहभागी खेलाडीहरुलाई स्वनिगको तर्फवाट ट्रयाकसुट, ब्याग र जुत्ता प्रदान गरेर सम्मान प्रदान गरेका छन्।

स्वनिगले सहभागीहरुको सफलताको कामना समेत गरे। प्रतियोगिताको पुरुष ६० केजीमा प्रकाश पाण्डे, ६६ केजीमा आदित्स शेर्पा र ७३ केजीमा मनोज भट्टले आ–आफ्नो क्षमता प्रदर्शन गर्ने भएको छ। टोली नेतामा नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ र प्रशिक्षकमा मोहन सुनुवार रहेका छन्।

Drishtybihin lai Swoniga ko sahayog 1प्रकाशन मिति–२०७४ साल साउन २० गते शुक्रबार ।