Holiकाठमाडौ। रंगहरुको महान पर्व होलीको दिन आइतवार काठमाडौमा उच्छृङ्खल गतिविधि गर्दै हिड्ने २ सय १३ जनालाई महानगरीय प्रहरी परिसरकाले पक्राउ गरेको छ।

परिसरबाट खटिएको टोलीले उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले बताएका छन्।

कार्कीले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने जानकारी दिएका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन २९ गते आइतवार ।