Chudamani Sharmaकाठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८४२ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको हो। तीनै जनाविरुद्ध बिगो बमोजिमको जरिवाना असुल्न पनि अख्तियारले माग गरेको छ।

बिगो र जरिवाना मागदाबी गरेको कूल रकम जोड्दा यो झन्डै ३३ अर्बको हाराहारीमा पुग्नेछ। भ्रष्टाचार निवारण ऐनको दफा ७ मा राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ। अख्तियारले उनीहरुमाथि ८ देखि १० वर्ष कैद सजायँ गर्न पनि माग गरेको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिए।

कर फछ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा गलत नियतले काम गरेको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ। शर्मा अख्तियारको हिरासतमा रहेपनि महत र ढकाल भने फरार रहेका छन्। अख्तियारले एक हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याएको हो।

त्यसमा केही विवादास्पद र चर्चित कम्पनीका फाइलसमेत रहेको दावी गरिएको छ। विसं.२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फस्र्यौट आयोग गठन गरेका थिए।
प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।