अफगानिस्तानको काबुलमा फेरि आत्मघाती विस्फोटमा ३० जना मारिए–५० घाइते

0 minutes, 0 seconds Read

kabulकाठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा तालिबानले विहीबार गराएको आत्मघाती विस्फोटमा परी कम्तिमा ३० जना मारिएका छन्। मारिनेमा प्रहरीका क्याडेट र सर्वसाधरण रहेको स्थानीय अधिकारीहरुले जनाएका छन्।

काबुलभन्दा केही किलोमिटर टाढा बारदाक प्रान्तमा रहेको प्रहरी प्रतिष्ठान केन्द्रका सुरक्षाकर्मी चढेको बसमा एकैचोटी गराइएको दुईओटा आत्मघाती विस्फोटमा उनीहरु मारिएका हुन्। उनीहरु काबुलतर्फ जाँदै थिए ।

आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन्। गत हप्तामात्र काबुलमा भएको तालिबानको आक्रमणमा क्यानेडेली दूतावासमा कार्यरत् नेपाली सुरक्षागार्डसहित १४ जना मारिएका थिए । (एजेन्सी)
प्रकाशित मिति–२०७३ साल असार १६ गते विहीवार ।

Similar Posts