Video News Report-अभिनयका खानी रविन्द्र शाहीको लाइफ,लब र लक–अभिनयका लागि जन्मेका कलाकार

0
522

भक्तपुर । नेपालभाषा तथा नेपाली भाषामा दर्जनौ चलचित्र तथा कयौं गीत तथा भिडियोका नायक अनि निर्देशक रविन्द्र शाहीको कला यात्रा यो बर्षवाट सत्ताइस बर्ष पुगेको छ। आजभन्दा सत्ताइस बर्षअघि सानो उमेरवाट कलाकारिताको यात्रा तय गरेका कलाकार रविन्द्र शाहीका हरेक हाउभाउमा अभिनय नै अभिनय छन्।

रविद्र अभिनयका खानी निर्देशक नै हुन्। बोल्दा, हाँस्दा अनि रिसाउंदा समेत अभिनय गरेको जस्तो रविन्द्र शाहीमा देखिदै आएको हो। तरपनि, रविन्द्र शाहीलाई अभिनय गर्न भन्दा पनि अभिनय गराउने निर्देशन कार्यको मात्र अफर आइरहेको छ।

बास्तवमा रविन्द्र शाहीलाई निर्देशन भन्दा अभिनय गर्ने धेरै जोश रहेको छ। आफू निर्देशक भन्दा अभिनेता भएको र अभिनय गर्नका लागि जन्मेको कलाकार भएको खुलासा गरेका छन्। रविन्द्र शाहीले भिजन संसार डटकमसंगको कुराकानीमा आफू वाँध्यताले मात्र चलचित्र निर्देशक बनेको तर, वास्तविक रुपमा आफू कलाकार भएको बताएका छन्।

आधा दर्जनभन्दा बढी हिट नेपालभाषाका चलचित्रको निर्देशन गरिसकेपछि हिजोआज रविन्द्रलाई हम्मेसी अभिनयका लागि वोलावट आउने गरेको छैन्। जो पनि डाइरेक्टर साहेवलाई कहाँ अभिनय गराउने भनेर पन्छिनेहरुको कमी भने छैन्। बाँध्यताले डाइरेक्टर बन्दा यतिखेर कलाकारिताको भोक लागेको बेला घाटा नै घाटा भएको ठहर रविन्द्रको रहेको छ।

यिनै अभिनयका खानी निर्देशक रविन्द्र शाहीका जिन्दगीको कथा लाइफ, लब र लकका बारेमा भिजन संसार डटकमको आधिकारिक युट्युब च्यानलमा यसरी खुलेर अन्तरवार्ता दिएका छन्। प्रस्तुत छ–अभिनयका खानी रविन्द्र शाहीको लाइफ, लब र लक ।

प्रकाशन मिति–२०७६ साल कात्तिक २५ गते सोमवार ।