अमेरिकामा मौलिक रोधी डान्स कम्पिटिसन संपन्न-प्रथमलाई दशतोलाको सुनको कप तथा ५ सय डलर पुरस्कार

0 minutes, 0 seconds Read

काठमाडौं। अमेरिकामा मौलिक रोधी डान्स कम्पिटिसन संपन्न भएको छ। अमेरिकाको नर्थ क्यारोलिनामा रोधी डान्स कम्पिटिसन भएको हो।

अमेरिका स्थित युनाइटेड गुरुङ सोसाइटीको आयोजनमा भएको उक्त रोधी डान्स कम्पिटसिनमा बोद्धी गुरुङ प्रथम बनेकी छन्। त्यसैगरेर, व्दितीय पुष्पाञ्जली गुरुङ र तृतिय जेनिशा गुरुङ बनेका छन्। प्रथमलाई दशतोलाको सुनको कप तथा ५ सय डलर पुरस्कार दिइएको थियो।

३५ जना प्रतिस्पर्धीवाट छानिएर १० जना वीच फाइनल राउण्ड भएको थियो। कार्यक्रम अत्यन्त उत्साहजनक रहेको जानकारी त्यस कम्पिटिसनका निर्णायक मध्येकी एक चर्चित नायिका एन्सर्ज गुरुङले भिजन संसार डटकमलाई जानकारी दिएकी छन्।

एन्सर्ज गुरुङको अलावा अन्य निर्णायकहरुमा डीबी गुरुङ, मिसा गुरुङ र दर्शन गुरुङ रहेका छन्।


प्रकाशन मिति–२०७६ साल असार २७ गते शुक्रवार ।

Similar Posts